२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कालिका मानवज्ञानमा ९६ जना स्काउट दिक्षित

शुक्रवार , मंसिर २८, २०८१

बुटवल, २८ मंसिर । रुपन्देहीको बुटवल उपमहानपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा प्रथम स्काउट दिक्षित कार्यक्रम गरिएको छ ।  स्काउटको मुल्य मान्यता अनुसार पूर्ण रुपमा तालिम लिएका ९६ जना विद्यार्थीहरु शुक्रबार दिक्षित भएका हुन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यनन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा  विद्यालयका सहायक प्रधानाध्यापक  लोकराज घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

नेपाल स्काउट लुम्बिनी प्रदेश अध्यक्ष दिनानाथ भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापा र बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा कालिका मानज्ञान माविका प्रमुख सल्लाहकार घनश्याम पाठककोे विशिष्ट आतिथ्यता रहेको थियो ।  

कार्यक्रममा लुम्बिनी प्रदेश स्काउट सदस्य चद्रिका गौतम भट्टराई,  युवा स्काउट सुशील मरासिनी लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्काउटको मुल्य मान्यताअनुसार अगाडी बढ्नको लागि विद्यार्थीहरुलाई सल्लाह–सुझाव दिएका थिए  । कार्यक्रमको सञ्चालन  शिक्षक राजेन्द्र रेग्मीले गरेका थिए ।