२०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

स्व.प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल हुने

शनिवार , मंसिर २९, २०८१

  • 937
    Shares
  • 937
    Shares
  • बुटवल, २९ मंसिर । फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्देश्यले रुपन्देहीमा स्वर्गीय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । ‘खेलकुदको विकास, हाम्रो अभियान’ नारासहित स्थापना भएको खस्यौली फुटबल क्लबको आयोजनामा शनिबारदेखि दुईदिने फुटसल प्रतियोगिता हुने भएको हो । 

    शुक्रबार साझ एक समारोहकाबीच क्लबका अध्यक्ष अमित बहादुर क्षेत्री, क्लब संरक्षक गोपाल कुमार प्रधान, खेल संयोजक स्वस्तिक श्रेष्ठ, टीम म्यानेजर महेन्द्र थापा, सदस्य महेश श्रेष्ठले प्रतियोगिताको टाईसिट तथा कप सार्वजनिक गरेका छन् । 

    यस क्षेत्रमा रहेका युवा फुटबल खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ विभिन्न खेल गतिविधिमा सहभागी जनाउँदै आएको क्लबबाट पहिलो प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष अमित बहादुर क्षेत्रीले बताए । रुपन्देहीमा संगीत र खेलकुदमा उदाउँदो युवा स्वर्गीय प्रसन्न श्रेष्ठको स्मृतिमा परिवारमा प्रथम पुरस्कार सौजन्य भएको उनले बताए । 

    प्रतियोगिताको उपाधि विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक श्रेष्ठले बताए । त्यसै गरी उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलप्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगद पुरस्कारको व्यवस्था रहेको उनले बताए । तिलोत्तमास्थित मोनालिसा फुटसल एरिनामा हुने प्रतियोगितामा २० टीमले उपाधिका लागि प्रतिष्पर्धा गर्ने उनले बताए ।