२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

खबरपात्रोकर्मी गुप्ता पत्रकार महासंघ रुपन्देहीको सदस्यमा निर्वाचित

शनिवार , मंसिर २९, २०८१

भैरहवा, २९ मंसिर । खबरपात्रोकर्मी रबिन्द्र प्रताप गुप्ता नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन् । 

प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट खुल्लातर्फ सदस्यमा उम्मेदवारी दिएका गुप्ता १३४ मतका साथ विजयी भएका हुन् । सदस्यतर्फ ८ जनाका लागि भएको निर्वाचनमा १८ जनाले उम्मेदवारी दिएका थिए । 

विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील गुप्ता खबरपात्रो डटकमसहित गौतमबुद्ध सन्देश दैनिक, बुद्ध सामुदायिक टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनमा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लब, रुपन्देहीको सह–कोषाध्यक्ष र प्रेस चौतारी नेपालको सह–सचिव समेत हुन् ।

पत्रकार महासंघको अध्यक्षमा दिनेश पाण्डे निर्वाचित भएका छन् । निर्वाचनमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलै विजयी भएको छ । त्यस्तै उपाध्यक्षमा विश्वास ढकाल, उपाध्यक्ष (महिला) मा अस्मिना पाण्डे (मीना), सचिवमा सि.पी. खनाल, सह–सचिवमा झबिन्द्र देवकोटा, सह–सचिव (समावेशी) मा सुमन श्रेष्ठ र कोषाध्यक्षमा नरेश के.सी. निर्वाचिथत भएका छन् । उपाध्यक्षमा ढकाल निर्विरोध निर्वाचित भएका थिए ।

सदस्य (खुल्ला) मा कल्पना डुम्रे, ललित पाण्डेय, राम भण्डारी, भुवन जि.सी., दिनेश कुमार श्रेष्ठ, डि.बी. सुस्लिङ र सुमित्रा अधिकारी निर्वाचित भएका छन् । त्यस्तै सदस्य मधेशीमा हृदयराम गुप्ता, (जनजाति) मा नरेश चौधरी, सदस्य (दलित) मा कृष्ण रणपाल, सदस्य (महिला) मा अनिता चौधरी निर्वाचित भएका थिए । त्यस्तै सदस्य (अल्पसंख्यक) मा गोविन्द बहादुर घर्ती निर्विरोध निर्वाचित भएका थिए ।