२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सिद्धार्थनगर–९ मा दोस्रो वडा कप क्रिकेट प्रतियोगिता सुरु

शनिवार , मंसिर २९, २०८१

  • 928
    Shares
  • 928
    Shares
  • भैरहवा, २९ मंसिर । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को कार्यालय, रुपन्देहीको आयोजनामा दोस्रो वडा कप क्रिकेट प्रतियोगिता–२०८१ सुरु भएको छ । शनिबार एक कार्यक्रमकाबीच नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले प्रतियोगिताको सुरुवात गरेका हुन् । सो अवसरमा बोल्दै मेयर खाँले भैरहवा क्रिकेटको उर्वरभूमि रहेको बताए । उनले ठूलो प्रतियोगितामा खेल्ने खेलाडीहरु वडाबाट नै निस्किने हुँदा यसलाइ सदुपयोग गर्दै अगाडीको खेलहरुमा भाग लिन उनले आग्रह गरे ।

    वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले पूर्वाधार निर्माण मात्र विकास नभएको बताउँदै खेलकुदको समेत विकास गरी वडालाइ अगाडी बढाउन वडा कपको आयोजना गरिएको बताए । उनले प्रतियोगितामा विजयी टीमलाइ करसहित रु. २५ हजार र दोस्रो हुने टीमले रु.१५ हजार नगद प्राप्त गर्ने बताए । 

    कार्यक्रममा सिद्धार्थनगर–७ का अध्यक्ष दामोदर शर्मा घिमिरे, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठ लगायतले भैरहवामा क्रिकेटको भविष्य उज्जवल भएको बताउँदै यसमा निरन्तरता दिन आग्रह गरे । क्रिकेटको विकासमा निजी क्षेत्र र सरकारको सहकार्य महत्वपूर्ण रहेको वक्ताहरुको जोड थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य बसन्त भट्टराईले गरेका थिए ।

    IMG_6956.JPG

    शनिबार गोनिहया रेडक्रस खेलमैदानमा उद्घाटन खेलमा गोलिगढ ‘बी’ टोली विजयी भएको छ । गोलिगढले गोनहियालाई ४ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको गोनहिया टोल सुधार समितिले निर्धारित १० ओभरमा ३ विकेटक्को क्षतिमा १०१ रन बनाएको थियो । उसका लागि त्रिभुवनले ४४ रन र राहुल गुरुङले अविजित २० रन बनाएका थिए । बलिङतर्फ गोलिगढका सिद्धान्त क्षेत्रीले २ तथा विजय सहानीले १ विकेट लिए । 

    १०२ रनको विजयी लक्ष्यसहित मैदान आएको गोलिगढले ९ औं ओभरमै ६ विकेट गुमाउदै जीत हासिल गरेको थियो । उसका लागि सुनिल कोइरीले ३२ रन, सिद्धान्त क्षेत्री अविजित २१ रन र आरिफ खानले १६ रन प्रहार गरे ।

    बलिङमा गोनहियाका करण कहारले ह्याट्रीकसहित ५ विकेट लिए पनि खराब फिल्डिङको कारण गोनहिया पराजित हुन पुग्यो । प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको छ ।