२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा : छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जनज्योतीलाई

आइतवार , मंसिर ३०, २०८१

तिलोत्तमा । तिलोत्तमा नगर स्तरीय छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधी तिलोत्तमा ४ मा रहेको जनज्योति माविले जितेको छ ।  जनज्योति माविले ११ स्वर्ण १० रजत र ५ कास्य पदक सहित यस वर्षको राष्ट्रपति रनिङ्गशिल्ड जितेको हो ।

शनिबार भएको फाइनल खेलमा पशुपति मावि ११ स्वर्ण ३ रजत र ७ कास्य सहित दोस्रो भएको छ भने होराइजन जिबिएस ५ स्वर्ण ३ रजत र १ कास्य सहित तेस्रो हुन सफल भएको छ ।

प्रतियोगितामा ५४ विधामा खेल भएका थिए भने एथ्लेक्टिक्सतर्फ २६ इभेन्टहरु, करातेतर्फ १२, तेक्वान्दो तर्फ १२, भलिबलतर्फ २ र कबड्डीतर्फ २ विधामा खेल भएको थियो । जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको नगरखेलकुद विकास समितिका सम्योजक लोक पुनले जानकारी दिए ।

IMG_3918.JPG

प्रतियोगितामा रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डीलगायतका खेलहरु पनि समाबेश गरिएको थयो । बिहिबारदेखि सुरु भएको खेलमा शुक्रबार प्रारम्बाहिक चरण तथा सेमिफाइनल राउण्ड र शनिबार एथ्लेटिक्स तर्फका खेलहरु सपन्न भएका थिए ।

खेलमा तिलोत्तमा नगर भित्रका सामुदायिक र संस्थागत गरी ४१ विद्यालय सहभागी रहेका थिए । सर्वेत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु जिल्लाका लागि छनोट गरिने र जिल्लाको रनिङ्ग शिल्ड समेत तिलोत्तमा नगरपालिकाले संयोजन गर्ने भएको छ। 

नगरखेलकुद विकास समिति संयोजक लोक पुनको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता र नगर उप प्रमुख जगेश्वर देवी चौधरीको बिशिष्ठ आतिथ्यतामा भएको थियो। समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख खाणले स्वास्थ्य र प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा खेल मार्फत देश चिनाउने अभियानको शुरुवात यस्तै खेलबाट हुने हुनाले सहभागी बिद्यालय तथा खेलाडीहरुलाइ खेलमा थप अभ्यास गर्न अग्रह गरे ।

सोहि अवसरमा बोल्दै उपप्रमुख जगेश्वर देवि चौधरीले खेलको माध्यमबाट अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्न सकिने हुँदा नगरपालिकाले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको बताइन । उनले खेलको विकासका लागि नगरपालिकाले योजनावद्ध तरिकाले काम गरिरहेको स्मरण गर्दै तिलोत्तमा नगरलाई खेलकुदको हव बनाउनु पर्नेमा जोड दिइन ।

समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य लगाएतले बोल्दै खेलको विकासका लागि नगरपालिकाले समन्वयकारी भूमिकामा काम गरिरहेको बताए ।