
आइतवार , मंसिर ३०, २०८१
काठमााडाैं, ३० मंसिर । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका छन् ।
आईतवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरुले प्रारम्भिक छलफल शुरु गरिसकेको बताए । उनले संविधान संशोधन दुई वटा राजनीतिक दलहरुले गरेर मात्रै नहुने भन्दै दुई राजनीतिक दलहरुको पहलमा सबै राजनीतिक दलहरुसँगको समन्वयबाट हुने बताए । संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्ने र सबै राजनीतिक दलहरुबीच सहमतिका साथ संविधान संशोधन गर्ने बताए ।
गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनु भयो । एमाले र काँग्रेसबीच भएको सहमतिअनुसार नै वर्तमान सरकार अघि बढ्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij