२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अखिल क्रान्तिकारी भैरहवा बहुमुखी कमिटीको सपथग्रहण तथा योजना सार्वजनिक

सोमवार , पौष १, २०८१

भैरहवा, १ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई कमिटीले सपथग्रहण तथा योजना सार्वजनिक कार्यक्रम गरेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै अखिल क्रान्तिकारी मुल इकाई सह–सचिव सचिन कंडेलले क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) टीमले विद्यार्थीको हकहितका लागि खासै काम गर्न नसकेको दावी गरे ।

कार्यक्रममा बोल्दै मुल इकाई कमिटी सदस्य तथा स्नातक तह विज्ञान संकायमा अध्ययनरत विद्यार्थी अनामिका यादवले तपाईहरु अखिल क्रान्तिकारी राम्रो संगठन भएकाले आफूले सदस्यता लिएको बताइन । उनले भनिन्, ‘तपाईहरु पनि यो संगठनमा आबद्ध भएको थाहा पाउँदा मलाई खुशी लागेको छ ।’

कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारी रुपन्देही जिल्ला समितिा सचिव अंकित पौडेलले अखिल क्रान्तिकारी रचनात्मक कार्यमा विश्वास राख्ने संगठन रहेको बातए ।
आफू भैरहवा बहुमुखी क्याम्पस कमिटीको सचिव रहेको बेला जाडो बिदामा आधारभूत कम्प्युटर तालिम सञ्चालन गरेको उनले स्मरण गरे । उनले भने, ‘पुनः हामीले आधारभूत कम्प्युटर तालिम, एकाउन्टिङ्ग प्याकेज तालिम र साप्ताहिक खेलकुद कार्यक्रम गर्दैर्छौैं । विद्यार्थीहरुल पढाईकासाथ सिकाईमा पनि केन्द्रित हुनुपर्छ भन्ने हेतुले कम्प्युटर र एकाउन्टिङ्ग प्याकेज तालिम आयोजना गर्न लागेको हौं । ’

अखिल क्रान्तिकारी क्याम्पस मूल इकाई कमिटी अध्यक्ष मनिष ढकालले कक्षा कमिटी पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । सो अवसरमा बोल्दै अध्यक्ष ढकालले आफूहरु काममा विश्वास गर्ने संगठनमा आबद्ध रहेको बताए । उनले अखिल क्रान्तिकारीले क्याम्पसमा विभिन्न रचनात्मक कार्यक्रम गरेको दावी गरे ।

संगठनले विभिन्न तालिमका साथै वनभोज र स्वागत कार्यक्रम समेत छिटो भन्दा छिटो गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । मूल इकाई कमिटी सचिव दिलिप चौबेको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रम मुल इकाई कमिटीका पदाधिकारी र कक्षा कमिटीको पदाधिकारीको उपस्थिति रहेको थियो ।