२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणी–४ मा निःशुल्क आँखा शिविर, ३६२ जना लाभान्वित

मंगलवार , पौष २, २०८१

भैरहवा, २ पुस । श्री सिद्धार्थ सामुदायिक सेवा केन्द्र रोहिणी गाउँपालिका–४ छिपागढ, रुपन्देहीको आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ रुपन्देही शाखा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवा, रुपन्देहीको प्राविधिक सहयोगमा शिविर भएको हो ।

रोहिणी–४ स्थित छिपागढमा भएको शिविरमा ३६२ जनाको आँखा परीक्षण गरिएको श्री सिद्धार्थ सामुदायिक सेवा केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले बताए । शिविरबाट छनौट भएका मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने १७२ जना आँखाका रोगीहरुको निःशुल्क शल्यक्रिया (अपरेशन) गरिने श्री रण अम्बिका शाह आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक संजीब अधिकारीले जानकारी दिए ।

श्री सिद्धार्थ सामुदायिक सेवा केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, रोहिणी-४ का वडाअध्यक्ष तारानाथ यादवको आतिथ्यता तथा परिचालक मीना पाण्डेको सञ्चालनमा शिविरको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले समाजमा भएका राम्रो कामलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

470173181_8581889815255939_7695434101033206119_n.jpg
470194890_8581887721922815_4167201175019109421_n.jpg