२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

देशमा अनौठा राजनैतिक परिघटना देखा परे, देश अनिष्टतर्फ जान सक्छ : प्रचण्ड

शुक्रवार , फाल्गुण २८, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल, २८ फागुन ।

    नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजिएको बताउनु भएको छ । बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अनौठा राजनैतिक परिघटना देखा पर्न थालेको र देश अनिष्टतर्फ जानसक्ने संकेत देखा परेको बताउनु भएको हो । 

    सर्वाेच्च अदालतले नेकपा एमाले र माओबादी केन्द्रलाई ब्युताएको तर्फ प्रचण्डले संकेत गर्दै जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने जस्तो अनौंठो र अस्वभाविक घटना देख्नु परेको बताउनु भयो । देशको राजनीतिक अवस्था संविधानको रक्षा गर्ने वा हत्या गर्ने भन्नेहरु दुई धु्रवको बहसमा रहेको बताउँदै प्रचण्डले शान्तिपूर्ण आन्दोलनको आँधीबेहेरी ल्याएर भएपनि संविधानको रक्षा गर्ने बताउनु भयो । 

    दलित,  मधेशी, मुस्लिम, महिला तथा पिछडिएका वर्गको उत्थानको लागि संविधान रक्षाको आवश्यकता रहेको बताउनु भयो । सडकबाट शान्तिपूर्ण आन्दोलनको अहिले आवश्यकता रहेको र शान्तिपूर्ण क्रान्ति आफुले सम्पन्न गर्ने प्रचण्डले बताउनु भयो । देशको आमुल राजनीतिक परिर्वतनमा योगदान दिएका नेताहरु माथि प्रहार सुरु भएको प्रचण्डले बताउँनु भयो ।  आफु माथि अहिले घेराबन्दी गरेको गहिरो महशुस भएको उँहाले बताउँदै परिवर्तनकारी नेताहरुलाई बदनाम गराउने गणतन्त्र विरोधीले सुरु गरेको आरोप लगाउनु भयो ।

    यस्तै नेपाली कांग्रेस संसदिय दलका नेता बालकृष्ण खाँणले देशको राजनीतिक परिवर्तन गरि शान्तिपूर्ण बाटोमा ल्याउनको लागि गिरिजाप्रसाद कोईराला र पुष्पकमल दाहाल प्रचण्डको मुख्य भूमिका रहेको बताउनु भएको छ । जोखिम मोलेर ऐतिहासिक भूमिका निर्वाह गर्ने नेताहरु माथि चलखेल गरेर प्रहार सुरु हुन थालेकोमा चिन्ता ब्यक्त गर्नु भयो । 

    देशको राजनीतिक धार संविधानको रक्षा गर्ने की हत्या गर्ने भन्ने तर्फ मोडिएको उँहाले बताउँदै संविधानको रक्षा गर्नको लागि नेपाली कांग्रेसले नै नेतृत्व गर्ने बताउँनुभयो ।  सम्मेलन चैत्र १ गतेसम्म चल्ने छ । सम्मेलनमा देशभरका ४ सय दलित समुदायका पत्रकारहरुको उपस्थिती रहेको छ ।