
मंगलवार , पौष २, २०८१
बुटवल, २ पुस । जिल्लास्तरीय कालिका कपको कबड्डीतर्फको पहिलो दिनका खेल सम्पन्न भएका छन् । छात्राछात्र कबड्डी प्रतियोगितामा पहिलो दिन ४ वटा खेल सकिएका हुन् । छात्रतर्फको कुवरवर्ती माध्यमिक विद्यालय र पब्लिक नमुना माध्यमिक विद्यालयबीच भएको खेलमा पब्लिक नमुना मावि ५५ पोईन्टसहित विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
त्यस्तै छात्रतर्फकै दोस्रो खेल कालिका मानवज्ञान मावि र न्यू भिजन माविबीच भएको थियो । जसमा ५१ अंकले कालिका मानवज्ञान मावि अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यसै गरी छात्रातर्फ मणिमुकुन्द मावि र गाग्री एकेडेमीबीच भएको पहिलो खेलमा मणिमुकुन्द माविका छात्रा १० पोईन्टसहित विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै दोस्रो प्रतियोगिता जनज्योति मावि र पब्लिक नमुना माविबीच भएकोमा जनज्योति माविका विद्यार्थीहरु २१ अंकले विजयी भएका हुन् । त्यस्तै मंगलबार पब्लिक मावि र ईड्न माविबीच भएको भलिबल प्रतियोगितामा पब्लिक मावि विजयी भएको छ । पब्लिक माविले इड्न लाई २–१ को सेटमा पराजित गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij