२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

ऐतिहासिक भूमिका निर्वाह गर्ने नेताहरुमाथि प्रहार सुरु हुन थाल्यो : खांण 

शुक्रवार , फाल्गुण २८, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • बुटवल, २८ फागुन ।
    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले देशको राजनीतिक परिवर्तन गरी शान्तिपूर्ण बाटोमा ल्याउनको लागि गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल (प्रचण्ड) को मुख्य भूमिका रहेको बताएका छन् । जोखिम मोलेर ऐतिहासिक भूमिका निर्वाह गर्ने नेताहरुमाथि चलखेल गरेर प्रहार सुरु हुन थालेकोमा उनले चिन्ता व्यक्त गरे ।

    राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै खांणले देशको राजनीतिक धार संविधानको रक्षा गर्ने की हत्या गर्ने भन्नेतर्फ मोडिएको बताए । उनले संविधानको रक्षा गर्नको लागि नेपाली कांग्रेसले नै नेतृत्व गर्ने बताए । सम्मेलन चैत्र १ गतेसम्म चल्नेछ । सम्मेलनमा देशभरका ४ सय दलित समुदायका पत्रकारहरुको उपस्थिति रहेको छ ।