२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चौथो कालिका कप जारी, बुधबार विभिन्न प्रतियोगिता सम्पन्न

बिहिवार , पौष ४, २०८१

बुटवल, ४ पुस । रुपन्देहीको बुटवल उपमहानरपालिका वडा नम्बर १० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औ वार्षिक उत्सव तथा चौथो कालिका कप अन्तर्गत बुधबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । एथेलेटिक्सतर्फका दौड, छात्रछात्रा भलिबल, कबड्डी प्रतियोगिताका विभिन्न चरण सम्पन्न भएका हुन । १५०० मिटर दौडमा छात्रतर्फ न्यू होराइजन माविका आयुष थारु प्रथम भएका छन् । त्यस्तै छात्रातर्फ पशुपति माविका चाँदनी पासी प्रथम भएकी छन् । त्यस्तै १०० मिटर दौडमा छात्रतर्फ जनज्योति माविका शुभम बमरेल प्रथम र छात्रातर्फ कालिका मानवज्ञान माविका कृति पराजुली प्रथम भएकी छन् ।

४ बाई १०० मिटर रिल दौडमा छात्रातर्फ कालिका मानवज्ञान मावि प्रथम भएको छ । विद्यार्थीहरु कृति पराजुली, प्रिति थापा, प्रकृति घिमिरे र सृजना कडायतको समूह प्रथम भएको हो ।
त्यस्तै छात्रतर्फ जनज्योति माविका शुभम बमरेल, रजन डम्बरपाल, गंगा रजाली र अल्बीजी गुरुङको समुह प्रथम भएको हो । ४०० मिटर दौडमा छात्रतर्फ पशुपति माविका ठाकुर पाण्डे प्रथम भएका छन् । छात्रातर्फ पशुपति माविकै करिश्मा सिंजाली प्रथम भएकी छन् ।

त्यस्तै २०० मिटर दौडमा छात्रतर्फ जनज्योति माविका शुभम बमरेल प्रथम र छात्रातर्फ गाग्री एकेडमीका नमिता भुसाल प्रथम भइन् । ८०० मिटर दौडमा छात्रतर्फ न्यू होराइजन माविका आयुश थारु प्रथम र छात्रातर्फ कालिका मानवज्ञान माविका प्रकृति घिमिरे प्रथम भइन् ।

४ बाई ४०० रिले दौडमा छात्रतर्फ पब्लिक माविका आस्थकुमार थारु, करण थारु, शिवमोहन यादव र हरि थारुको समूह प्रथम भएको छ । त्यस्तै छात्रातर्फ पशुपति माविका पुजा चौधरी, अस्मिता थारु, करिश्मा सिंजाली र चाँदनी पासीको समूह प्रथम भएको हो ।

त्यस्तै कबड्डीतर्फ बुधबार सम्पन्न प्रतियोगिता अन्तर्गत न्यू होराइजन र पशुपति माविबीच भएको पहिलो खेलमा होराइजन वाक ओभरसहित विजयी भएको छ । त्यस्तै नविन औद्योगिक मावि र गाग्री एकेडमीबीच भएको खेलमा गाग्री एकेडमी विजयी भएको हो ।

त्यस्तै पाँचौं प्रतिष्पार्धा ईडन मावि र उजिर सिंह माविबी भएकोमा ईड्न मावि विजयी भएर अर्को चरणमा प्रवेश गरेको छ । बुधबार भएको छैठौं कबड्डी प्रतियोगिता जनज्योति मावि र क्यान माविबीच भएकोमा क्यानन मावि विजयी भएको छ । त्यस्तै एभरेष्ट मावि र बुद्ध पब्लिक माविबीच भएकोमा एभरेष्ट मावि वाक ओभरपाएर विजयी भएको हो ।

छात्रा कबड्डीतर्फ ईड्न मावि र पशुपति माविबीच भएकोमा वाक ओभरसहित ईड्न मावि विजयी भएको छ । त्यस्तै बुद्ध पब्लिक मावि र कान्ति माविबीच भएकोमा कान्ति मावि विजयी भएको हो ।

कालिका मानवज्ञान मावि र मणिमुकुन्द माविबीच भएको प्रतियोगितामा कालिका विजयी भएको छ । केरवानी मावि र नविन औद्योगिक माविबीच भएको प्रतियोगितामा नविन औद्योगिक विजयी भएको हो । ईड्न मावि र न्यू होराइजन माविबीच भएको खेलमा न्यू होराइजन वाक ओभर पाएर विजयी भएको छ ।