२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

तिलोत्तमाको बेवरामा सञ्चालित श्रीमदभागवत एवं श्रृंगारिक महाआरती समापन

बिहिवार , पौष ४, २०८१

  • 595
    Shares
  • 595
    Shares
  • रुपन्देही, ४ पुस । रुपन्देहीको तिलोत्तमामा गत मंसिर २६ गतेदेखि सुरु भएको श्रीमदभागवत एवं श्रृंगारिक महाआरती–२०८१ बुधबार सम्पन्न भएको छ । श्रीमदभागवत एवं श्रृंगारिक महाआरती २०८१ मा आर्थिक, भौतिक तथा जिन्सी सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ । गरिमा टोल विकास संस्था, तिलोत्तमा नगरपालिका–१० बेवराको आयोजनामा भएको महाआरतीको समापन नगर उप्रमुख जगेश्वर देवी चौधरीले गरेकी हुन् ।

    सो अवसरमा बोल्दै उपप्रमुख चौधरीले कुनै पनि सामाजिक कार्यका लागि गरिने दान तथा सहयोग विभिन्न धामको परिक्रमा गरी पुजा आरधाना गर्नुजत्तिकै पुण्य कार्य हुने बताइन् । 
    कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गोपाल प्रसाद घिमिरेले आफ्नो टोल र समाजलाई सभ्य बनाउन गरिमा टोल विकासबाट सञ्चालन हुँदै आइरहेका हरेक कार्यक्रमहरुबाट अन्य टोल विकास संस्थाहरुले पनि सिको गर्नुपर्नेमा जोड दिए ।

    प्रमुख कथा वाचक आदीयोगी गौतम स्वामीजीद्वारा कथा वाचन गरिएको श्रीमदभागवत एवं श्रृंगारिक महाआरती–२०८१ को समापन कार्यक्रममा सग्रहवा टोल विकास संस्थाका अध्यक्ष चन्दन चौधरी, श्रृजनशिल आमा समूहका अध्यक्ष सीता न्यौपाने, समाजसेवी सियाराम यादव लगायतले गरिमा टोललाई हरेक पक्षबाट पृथक र सभ्य बनाउँदै वडा र नगरकै नमूना टोलको रुपमा विकास गर्नुपर्ने बताए । उनीहरुले गरिमा टोलका सबै एकजुट भएर सामाजिक एकता, सदभाव र सहकार्यको विकास गर्नुपर्नेमा जोड दिए ।

    गरिमा टोल विकास संस्थाका अध्यक्ष राजेश यादवको अध्यक्षता, श्रीमदभागवत एवं श्रृंगारिक महाआरती–२०८१ का संयोजक ज्योति यादवको स्वागत तथा सञ्चारकर्मी राज चौधरीको सञ्चालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।