२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘भीम अस्पतालले प्रचलित ऐनको परिधिभित्र रही कार्य गरेको छ’ 

आइतवार , श्रावण २५, २०७७

भैरहवा, २५ साउन ।
भीम अस्पताल भैरहवाले कार्यालयबाट हुने कुनै पनि आर्थिक र प्रशासनिक गतिविधि प्रचलित ऐन र नियमको परिधिभित्र रही कार्य गरिएको जनाएको छ । कुनै पनि प्रकारको अनियमितताको विषयमा शंका लागेमा छानबीन गरी पुष्टी भएमा कानून अनुसार दण्डको भागी हुने अस्पतालले स्पष्ट पारेको छ ।

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै शनिबार केही अनलाइन मिडियामा भीम अस्पतालबारे प्रकाशित समाचारप्रति अस्पताल प्रशासनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नाल र प्रशासनिक अधिकृत (छैठौं) गोविन्द ज्ञवालीले विज्ञप्ती जारी गर्दै सूचना अधिकारीको नियुक्ति सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ६ (१) बमोजिम भएको र कुनै पनि कानूनको उल्लंघन नभएको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा कोरोना संक्रमितको उपचारमा सहभागि भइ कोरोना संक्रमित विरामीहरुको अवस्थाको बारेमा समेत जानकारी गराई कसैलाई सेवाप्रति दबाब नदिई, आफ्नो जिम्मेवारी सगौरव पुरा गर्नु भएको छ । 

‘अस्पतालबाट प्रदान गरिएको सेवा तथा सुविधाहरु थ्प नियमित रुपमा जनताको सेवामा समर्पित हुँदाहुँदै पनि अस्पताल सम्बन्धि सूचनाको वास्तविक सत्यतथ्य नबुझि यथार्थको गहिराईमा नपुगी भ्रामक कुराहरु सञ्चारमाध्यममा आधारहिन, तथ्यहीन गलत एवं भ्रम सिर्जना गर्ने विषय तथा सूचनाहरु प्रकाशित भएकोमा आदरणीय जनसमुदायहरुमा यस्ता गलत तथा भ्रामक समाचारहरुको विश्वास नगरिदिनुहुन हुन विनम्र अनुरोध गर्दै भीम अस्पतालले उक्त समाचारप्रति खेद व्यक्त गर्दछ, उल्लेख छ ।

Press bigyapti.png‘विगत १ वर्षदेखि भीम अस्पतालले आफ्ना सेवाहरु निरन्तर रुपमा विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गरिरहेको र प्रदेश ५ मा कोरोना विशेष अस्पतालको स्थापना तथा सञ्चालन गरी ९६ जना कोभिड–१९ संक्रमित विरामीहरुको सफलताका साथ व्यवस्थापन गरिसकेको छ, विज्ञप्तीमा भनिएको छ ।