२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मुख्यमन्त्री आचार्यद्वारा बाघ–गैडा उद्धार केन्द्रको अवलोकन (फोटोफिचर)

बिहिवार , पौष ४, २०८१

बर्दिया, ४ पुस । लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले बिहीबारदेखि ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गर्दैछ । अभियानको मुख्यमन्त्री चेतनारायण आचार्यले गर्दैछन् । मुख्यमन्त्री आचार्य अहिले बर्दियामा छन् । 

उनले बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयमा रहेका गोही प्रजनन केन्द्र, बाघ–गैडा उद्धार केन्द्र, हात्तीसारको बिहीबार विहान अवलोकन गरेका हुन् । पर्यटन लुम्बिनी प्रदेशको समृद्धि र विकासको आधार रहेको भन्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी पर्यटन सर्किटको अवधारणा अघि सार्दै आएका छन् ।

बर्दियामा पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्यसहित प्रदेश सरकारले ‘घुम्न जाउँ बर्दिया’ अभियान सुरु गर्न थालेको हो । बर्दियाको ठाकुरद्वारामा यो अभियानको सुरुवात गरिने उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरूको थप आकर्षण बढाउन यो अभियान सुरु गर्न थालिएको हो । ‘घुम्न जाउँ बर्दिया’ एकवर्षे अभियान हो । बाह्य पर्यटकहरूलाई बर्दियामा आकर्षित गर्नका लागि प्रचारात्मक कार्यक्रम गरिने र यहाँ आउने पर्यटकहरूको सहजताका लागि सम्बन्धीत पक्षसँग समन्वय गरिनेछ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने लगायत प्रदेश सरकारका मन्त्री, सांसद तथा पर्यटन व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरु बर्दिया पुगेका छन् ।

WhatsApp Image 2024-12-19 at 9.33.48 AM.jpeg
WhatsApp Image 2024-12-19 at 9.33.48 AM (1).jpeg
WhatsApp Image 2024-12-19 at 9.29.59 AM.jpeg
WhatsApp Image 2024-12-19 at 9.29.58 AM.jpeg
WhatsApp Image 2024-12-19 at 9.29.58 AM (1).jpeg