२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमाले लुसनपा–११ को दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा यादव

बिहिवार , पौष ४, २०८१

भैरहवा, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी साँस्कृतिक नगरपालिका (लुसनपा), रुपन्देहीले वडा अधिवेशनलाई तीव्रता दिएको छ । सोही क्रममा बुधबार वडा नम्बर ११ को अधिवेशन सम्पन्न भएको पार्टीको लुसनपा कमिटी अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

अधिवेशनले श्लोक यादवको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा बुद्धिराम कलवार, सचिवमा एनायतुल्लाह मुसलमान, सह–सचिवमा रामचरन प्रसाद कोहार र सुशिला पासी रहका छन् ।

त्यस्तै सदस्यहरुमा दशरथ सोनार, अब्दुल रफिक शेष, राम मिलन यादव, मुस्तफा मुसलमान, महबुब मुसलमान, जुम्मन नाउ मुसलमान, रामसमुझ कलवार, लालविहारी कोहार, पिताम्बर लोनिया, अर्जुन बरई, रामलखन पासी, रामचन्द्र यादव, अब्दुल सलाम धोवी, मुस्तकिम धोवी, चन्द्रावती पासी, कमला हरिजन, रहमतुल्लाह मुसलमान, राजेन्द्र प्रसाद गुप्ता, महेन्द्र लोध, सलिम फकिर, अहमाद्दन फकिर, विश्वनाथ प्रसाद निसाद, महिवुद्दिन अन्सारी, अब्दुल करिम मुसलमान र हरिराम यादव रहेका छन् । 

त्यस्तै वडा नम्बर ११ मा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालको वडा कमिटी गठन गरिएको छ । धननज्य यादवको अध्यक्षतामा १२ सदस्यीय वडा कमिटी गठन गरिएको एमाले लुसनपाका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा इलयाम शेष, रामजित कोहार, सह–सचिवमा अनाउल्लाह शेष र राधेश्याम यादव रहेका छन् ।त्यस्तै सदस्यहरुमा अजीजुरहमान शेष, सरताज शेष, अजिजुरहमान शेष, राजकुमार यादव, दिनेश हरिजन, मनहु यादव र हरिशचन्द्र यादव रहेका छन् ।

WhatsApp Image 2024-12-18 at 10.12.02 PM.jpeg

वडा कमिटीका अध्यक्ष श्लोक यादवको अध्यक्षता, एमाले केन्द्रीय सदस्य, रुपन्देही क्षेत्र नम्बर ५ का इञ्चार्ज, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यता, पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य, प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेको विशिष्ट आतिथ्यता, प्रदेश कमिटी सदस्य, गैडहवा गाउँपालिका इञ्चार्ज कृष्ण घिमिरे, प्रदेश सदस्य तथा लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजन, प्रदेश सल्लाहकार अब्दुल रहमान खाँ, हजरत बेलाल, जिल्ला कमिटी सदस्य टीका कट्टेल, सुरज जैसवाल, अबु सामा शेष, प्रकाश पासी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १५० जना एमालेमा प्रवेश गरेका थिए ।