२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवा मेडिकल कलेज परिसरमा बम जस्तै देखिने शंकास्पद बस्तु फेला

शुक्रवार , पौष ५, २०८१

भैरहवा ५ पुस ।। रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शक्षिण अस्पताल भैरहवामा कुकर बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको छ । 

अस्पतालको दक्षिण पश्चिम पार्किङ क्षेत्रमा उक्त संकास्पद बस्तु फेला परेको हो । अस्पताल परिसरमा फेला परेको उक्त शंकास्पद बस्तुमा प्रेसर कुकर, घडि, तार र व्याट्रि जडान गरिएको अबस्थामा रहेको प्रहरीले जनाएको छ । 

WhatsApp Image 2024-12-20 at 12.09.44 PM.jpeg

घटना स्थलमा नेपाल प्रहरी सहित नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । थप बिवरण भने आउन बाँकी रहेको छ ।