२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक

शुक्रवार , पौष ५, २०८१

भैरहवा, ५ पुस । हिरो मोटरसाइकलको लागि भैरहवा क्षेत्रको आधिकारिक विक्रेता युनाईटेड बिजनेश कर्प प्रा.लि.ले दुई नयाँ मोटरसाइकल–एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरिएको छ । बिहीबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच प्रा.लि.ले मोटरसाइकलहरु सार्वजनिक गरेको हो । 

एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु. ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय रुपैयाँ र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९ सय रुपैयाँ तोकिएको प्रा.लि.का सञ्चालक दिपेन्द्र यादवले बताए । ।

उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, आफ्नो श्रेणीकै सबैभन्दा तीव्र गतिको मोटरसाइकल भएको यादवले दावी गरे । यसलाई अझ उच्चस्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्ने उनको भनाइ छ । ‘१४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ, ’यादवले भने, ‘एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरूसहितको रोबोटिक हेडल्याम्प, अण्डर काउल र हगर फेन्डर पनि उपलब्ध रहेको छ ।’

आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुने युनाईटेड बिजनेश कर्प प्रा.लि.का अध्यक्ष नन्दलाल यादवले बताए । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले मोटरसाइकल विक्री मात्र नभइ विक्रीपछिको सुविधामा पनि ध्यान दिन विक्रेतालाई आग्रह गरे । उनले विक्रीपछिको सर्भिसिङ, पार्ट्सको उपलब्धता तथा ग्राहकको सेवामा प्रतिबद्ध हुन सके मात्र सफल हुने धारणा राखे । 

IMG_8829.JPG

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ, हिरो मोटो कर्पका हर्ष लिम्बाचिया, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीलगायतको उपस्थिति रहेको थियो ।