२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

राप्रपाको महाधिवेशन सफल बनाउने प्रवासी नेपाली एकता समाजको निर्णय

शुक्रवार , फाल्गुण २८, २०७७

भैरहवा, २८ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन प्रवासी नेपाली एकता समाज यूएईको विशेष भेला शुक्रबार दुबईमा सम्पन्न भएको छ । भेलाले आगामी २०७८ वैशाख तेस्रो साता काठमाण्डौमा हुने राप्रपाको महाधिवेशनलाई सफल बनाउन प्रवासी नेपाली एकता समाज यूएईले पूर्ण सहयोग गर्ने निर्णय गरेको छ । राप्रपा र राप्रपा (संयुक्त) बीचको एकता पश्चात हुन गइरहेको महाधिवेशनलाई सफल पार्न सहयोग गरिने प्रवासी नेपाली एकता समाज यूएईका वरिष्ठ उपाध्यक्ष मनोज जैसवालले बताए ।

त्यस्तै राप्रपाको नीति, सिद्धान्त र एजेण्डामा समर्थन गर्दै विभिन्न पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेका मधुकर बेलबासे, खिमानन्द भट्टराई र अशोक गौतमलाई पार्टीको सक्रिय सदस्यमा नियुक्त गरिएको समाजले जनाएको छ । राप्रपामा प्रवेश गरेका मधुकर बेल्बासेलाई प्रवासी नेपाली एकता समाजको केन्द्रीय सदस्यमा नियुक्त गरिएको समाजले जनाएको छ ।

त्यस्तै राप्रपाको महाधिवेशनमा सहभागिताका लागि समाजले प्रतिनिधि चयन गरेको छ । प्रतिनिधि चयन हुनेमा युवराज भण्डारी, मदन भट्टराई, दिपक न्यौपाने, रीम बहादुर सिजाली, विरेन्द्र, जगदीश पाठक, विजय तिवारी, प्रसन्न श्रेष्ठ, उदयराज भट्टराई, टेकराज, अशोक गौतम, खिमानन्द भट्टराई र मधुकर बेल्बासे रहेका छन् ।

समाजको विशेष भेलामा शशी सिलवाल, तोयानाथ लम्साल, मधुकर बेल्बासे, मनोज जैसवाल, धनपति न्यौपाने, लक्ष्मण श्रेष्ठ, सर्मिला डिसी, टेकराज भट्टराई, जगदीश पाठक, प्रसन्न श्रेष्ठ, विजय तिवारी र मदन भट्टराईको उपस्थिति रहेको थियो ।