
शुक्रवार , पौष ५, २०८१
काठमाडाैं, ५ पुस । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका छन् ।
शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका हुन् । उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए । उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे । उनले व्यस्त समयमा केही मात्रै उद्ययोगको लाईन काटेको भन्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्ययोगीहरु विद्युत काट्यो भनेर प्राधिकरणले लोडसेडिङ घोषणा ग¥यो भन्दै हल्ला फैल्याउन व्यस्त भएको बताए ।
उनले माथिल्लो तामाकोशी र कालिगण्डकी जलविद्युत आयोजना आगामी १० दिनमा जोडिएपछि लोडसेडिङको समस्या पनि हट्ने जानकारी दिए । उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताए । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गरे । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम तिर्नुपर्नेमा जोड दिए । उनले ऊर्जा मन्त्रीप्रति संकेत गर्दै बाढीको कारण क्षति भएका आयोजनाहरु बनाउन असहयोग भएको बताए ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकार गर्न नसके कसैले पनि गर्न नसक्ने बताए । उनले देशको विकासमा पूर्वाधारको विकास महत्वपूर्ण रहेको बताए । उनले पूर्वाधारको विकासका लागि सिमेन्ट अत्यन्तै आवश्यक रहेको बताए । उनले सरकारले सिमेन्टको मूल्य बढाउनेलाई कारबाही गर्नुपर्ने माग राखे । उनले सिमेन्टको मूल्य बढ्दै जाँदा जलविद्युत आयोजनाहरुको लागि उच्च रुपमा वृद्धि हुने बताए ।
उनले जलविद्युत आयोजनाको कारण सरकारले कल्पना गर्न नसक्ने ठउँमा बाटो पुगेको बताए । उनले उर्जाको विकासमा सामाजिक उत्तरदायित्वमा जोडेर जानुपर्ने बताए । उनले भारतबाट विद्युत आएन भने अझै लोडसेडिङ हुने अवस्था रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij