२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

स्कील सेवाद्वारा घर निर्माण पुस्तक विमोचन तथा परामर्श

शनिवार , पौष ६, २०८१

  • 679
    Shares
  • 679
    Shares
  • भैरहवा, ६ पुस । स्कील सेवा प्रा.लि., बुटवल शाखाले घर निर्माण पुस्तक विमोचन गरेको छ । स्कीलले विगत ६ वर्षदेखि काठमाडौंबाट सुरुवात गरी हाल देशका विभिन्न ठाउँमा शाखा विस्तार गरी सेवा दिदै आएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा घरको डाक्टर रमेश तिमिल्सनाले यो संस्था स्थापनाकालदेखि निरन्तर नेपालभरी दक्ष जनशक्तिद्वारा घर निर्माण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवाहरु निरन्तर दिदै आइरहेको बताए ।

    डा.तिमिल्सनाले भने, ‘ग्राहकको आवश्यकता अनुसार आफूहरुले न्यून लागतमा गुणस्तरीय प्राविधियुक्त घर निर्माण गर्दै आएका छौं । जग खन्नेदेखि लिएर घर निर्माणसम्मको काम गरी नेपालका विभिन्न ठाउँमा गरेका छौं । सयौं घरहरु निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भएको छ भने अरु घर निर्माण प्रक्रियाको विभिन्न चरणमा छन् ।’ 

    नेपालको कुनै पनि ठाउँमा घर निर्माणको जिम्मेवारी लिइसकेपछि घरधनीलाई सुरुवातदेखि लिएर सम्पूर्ण कामहरुलाई सि.सि.क्यामरामार्फत विश्वको जुनसुकै ठाउँबाट हेर्न र बुझ्न सकिने सुविधा समेत दिएको तिमिल्सनाले बताए ।

    कार्यक्रम संयोजक तथा बुटवल शाखाका प्रबन्ध निर्देशक दीक्षित के.सी.ले भने, बुटवलबाट ३ वर्षदेखि सेवा दिर्दै आएका छौं । हालसम्म १५ घरहरु पूर्ण अवस्थामा तयार भएका छन् भने अन्य घर तयारीको चरणमा छन् । उनले थपे, ‘नेपालीहरु भारत तथा तेस्रो विकसित सुविधासम्पन्न घरमा बसेको हुँदा नेपालमा त्यस्तै किसिमको सुविधासम्पन्न घर बनाउने सपना साकार गर्नका लागि सुरु गरेका छौं । यदी कोही आफै निर्माण गर्न इच्छुक हुनुहुन्छ भने घर गाइडलाइन, घर निर्माण पुस्तकको सहयोगबाट गर्न सक्छ ।’ 

    पुस्तक विमोचनको उद्देश्य मजदूर, डकर्मी, इञ्जिनियर, घर बनाउन चाहने व्यक्तिका लागि मार्गदर्शक, घर निर्माणको सम्पूर्ण प्रक्रिया, सही जग्गाको छनोट कसरी गर्ने, वस्तु अनुसारको जग्गा र घर परामर्श र मापदण्ड अनुसारको घर निर्माण गर्ने प्रक्रिया समेत उल्लेख रहेको बताए । त्यसको आधारमा कुनै पनि व्यक्ति आफै विभिन्न मापदण्डहरु बुझेर सोही अनुसारको गुणस्तरीय घर निर्माण गर्न सक्ने उनको दावी छ ।

    कार्यक्रममा बुटवल शाखाका इञ्जिनियर खेम नारायण चौधरी, बुद्धिराज र गीता पुनलाई अवार्ड प्रदान गर्नुका साथै नगदसहित सम्मान गरिएको थियो भने विभिन्न शाखाका प्रमुख, कर्मचारी, ग्राहकको उपस्थिति रहेको थियो । चितवन शाखाका प्रबन्ध निर्देशक सौगात तिवारीको स्वागत तथा सफल प्रधानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।