२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

लायन्स क्लब बुटवलद्वारा रक्तदान

शुक्रवार , फाल्गुण २८, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • बुटवल, २८ फागुन । 
    लायन्स क्लब बुटवल, लायनेश क्लब बुटवल र लियो क्लब बुटवलको संयुक्त आयोजनामा वृहत रक्तदान कार्यक्रम गरिएको छ । तिलोत्तमा  नगरपालिकास्थित टाइगर प्यालेस रिसोर्टमा रक्तदान कार्यक्रम गरिएको हो । ‘हामी सेवा गर्छाैं’ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै विगत ३८ वर्षदेखि सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएको क्लबले जनाएको छ । रगतको अभावले गर्दा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान गरिएको लायन्स बुटवलका अध्यक्ष संजय जयसवालले जानकारी दिए ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले पवित्र उद्देश्यले लायन्सले नियमित योजना अनुसार ९०/९० दिनको फरक पारेर रक्तदान कार्यक्रम गर्न सक्ने बताए । नगरप्रमुख घिमिरेले सामाजिक सेवामा लायन्स तथा सामाजिक क्लबहरुको योगदान उच्च रहेको बताए । सामाजिक सेवा भावले स्थापना गरिएका क्लबहरुले  नियमित रुपमा सामाजिक क्षेत्रमा काम गरेर समाजमा उदाहरणीय बन्नका लागि समेत उनले सुझाए ।

    कार्यक्रममा डिष्ट्रिक एडभाइजर अर्जुनमा सैंजु, लायन्स आँखा अस्पतालका सभापति रामेश्वर प्रसाद श्रेष्ठ, डिष्ट्रिक डिपाटमेन्ट मेम्बर नरेश कुमार श्रेष्ठ, पूर्व अध्यक्षद्वय निर्मल लाकोल, ज्ञानेन्द्र कसजु, टाइगर प्यालेस रिसोर्टका महा–प्रबन्धक लक्ष्मण थापा, लायनेश क्लबका अध्यक्ष मिश्रा श्रेष्ठ, लियो अध्यक्ष हिमाल भुसाल लगायतले बोलेका थिए ।

    बुटवल रक्त सन्चार केन्द्रका वारिस अलि खानको मेडिकल टिमले रगत संकलन गरेको थियो । रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ टाइगर रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ सय १ पोइन्ट रगत संकलन भएको कार्यक्रम संयोजक उमेश अमात्यले बताए ।