२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

नयाँ कलोनीको अध्यक्षमा पुनः पाण्डे, सचिवमा रिजाल

शनिवार , पौष ६, २०८१

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ६ पुस । नयाँ कलोनी टोल सुधार समिति सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको साधारण सभा तथा अधिवेशनले पुनः कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कुलचन्द्र गौतम, सचिवमा सुवास रिजाल, कोषाध्यक्षमा समिर कार्की, सदस्यहरुमा गंगाधर भण्डारी, अर्जुन पौडेल, वृजेश अग्रवाल, पम्फा भट्टराई, शोभना पाण्डे, शुशिला पोख्रेल र सागर कुँवर रहेका छन् । 

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाअध्यक्ष शेषकान्त भण्डारी, संस्थाका सल्लाहकार नारायण प्रसाद भण्डारी, मिश्रौलिया टोल सुधार समितिका अध्यक्ष कमला रायमाझी, नयाँ कलोनी महिला समूहका अध्यक्ष तुलसा भुसालले भनाइ राखेका थिए ।

    साधारण सभामा अध्यक्ष कृष्ण प्रसाद पाण्डेले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष रमेश न्यौपानेले आर्थिक प्रतिवेदन र सचिव झविन्द्र बेलबासेले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
    निर्वाचन मण्डलका संयोजक अधिवक्ता लोकनाथ पन्थ, सदस्य तुलसा भुसाल र सुमन पौडेलले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अधिवक्ता लोकनाथ पन्थले शपथ ग्रहण गराएका थिए । 

    नयाँ कलोनी टोल सुधार समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता, उपाध्यक्ष राजेश खरेलको स्वागत मन्तव्य तथा सचिव झविन्द्र बेलबासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।