
आइतवार , पौष ७, २०८१
बुटवल, ७ पुस । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव-२०८१ को अवसरमा शनिबार आयोजित पाँचहजार मिटर दौड प्रतियोगिताको उपाधि पब्लिक माध्यमिक विद्यालयका उमेश बरईले जितेका छन् । उनले निर्धारित दुरी १६ मिनेट २७.२ सकेण्डमा दौड पूरा गर्दै प्रथम भएका हुन् । त्यस्तै कालिका मानवज्ञान माविका सलामुद्दिन अन्सारीले १७ मिनेट २६.५६ सेकेन्ड मा निर्धारित दुरी पूरा गर्दै द्वितीय भए ।
त्यसै गरी १७ मिनेट ५४.२६ सकेण्डमा निर्धारित दुरी पूरा गर्दै न्यू होराइजन माविका आयुष थारु तृतीय भए । विजेता विद्यार्थीलाई नगदसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापालगायतले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरे । तिलोत्तमाको नयाँमिलबाट सुरु भएको दौड विद्यालय प्रांगणमा पुगेर समापन भएको थियो ।
प्रतियोगितामा रुपन्देहीका ३ दर्जन बढी विद्यालयको सहभागीता रहेको थियो ।
स्व.अरुण पौडेल स्मृति अक्षयकोषबाट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने विद्यार्थीले नगद रु. ५ हजार, द्वितीय हुनेले रु. ३ हजार र तृतीयले रु. २ हजार पुरस्कार पाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij