२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

सिद्धार्थनगर–६ मा एमालेको टोल कमिटी गठन

आइतवार , पौष ७, २०८१

  • 742
    Shares
  • 742
    Shares
  • भैरहवा, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा टोल कमिटी गठन गरेको छ । शनिबार भएको टोल भेलाले विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा ९ सदस्यीय किशोरपुर, दुर्गाकलोनी टोल कमिटी सर्वसम्मत रुपमा गठन गरिएको एमाले सिद्धार्थनगर–६ का सचिव आनन्द प्रसाद न्यौपानेले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै एमाले सिद्धार्थनगर कमिटीका उपसचिव सरोज ठकुरीले वडा नम्बर ६ लाई एमालेको लालकिल्ला बनाउने संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

    वडा कमिटीका अध्यक्ष मदन प्रसाद पौडेलको अध्यक्षता, नगर कमिटी उपसचिव सरोज ठकुरीको प्रमुख आतिथ्यता, नगर सचिवालय सदस्य मोहम्मद अकिल मुसलमान, नगर कमिटी सदस्य लता पोखरेल, किरण कुमारी मिश्र, स्वेता हरिजन, पूर्व क्षेत्री कमिटी सदस्य लक्ष्मी पौडेललगायतको आतिथ्यतामा भेला सम्पन्न भएको छ ।

    वडा कमिटी उपाध्यक्ष अनिता थापाको स्वागत तथा सचिव आनन्द प्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।