२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

बुटवल–१३ मा विभिन्न पार्टी परित्याग गरी ४७ जना राप्रपामा प्रवेश

आइतवार , पौष ७, २०८१

  • 778
    Shares
  • 778
    Shares
  • भैरहवा, ७ पुस । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) परित्याग गरी ४७ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

    राप्रपा बुटवल–१३ ले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा कुमार पहारीको नेतृत्वमा ४७ जना राप्रपामा प्रवेश गर्नुभएको पार्टीको रुपन्देही जिल्ला सचिव बलराम शर्माले बताए ।

    राप्रपा रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाको अध्यक्षता तथा पार्टीको रुपन्देही जिल्ला अध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख ् सागर प्रताप राणाको प्रमुख आतित्यथामा भएको कार्यक्रममा नेताहरू विष्णुबहादुर कार्की, पुनराम पोखरेल, बलराम शर्मा, सूर्यबहादुर कार्की, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रीय सदस्य ललिता गुरुङ, नेतृहरू बबिता बस्याल, लक्ष्मी मल्ल, शान्ति शाही, अप्सरा शाही लगायतको उपस्थिति थियो ।