
आइतवार , पौष ७, २०८१
बुटवल, ७ पुस । लायन्स क्लब अफ बुटवल क्षितिज र लायन्स क्लब अफ बुटवल बेलबास सृजनशीलले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ उजेलापुरस्थित लुम्बिनी अपांग दृष्टिबिहीन अनाथ आश्रममा खाद्यान्न सामग्री वितरण गरेका छन् । त्यस्तै आश्रमलाई प्राथमिक उपचार बक्ससँगै सो बक्समा आवश्यक पर्ने औषधिहरु र लायन्स क्लब अफ बुटवल बेलबास सृजनशिलको तर्फबाट खाद्यान्नसँगै न्यानो जुत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ ।
आश्रममा आश्रित ३४ जनालाई लायन्स क्लब बुटवल क्षितिजको तर्फबाट आवश्यक खाद्यान्नहरु दाल, तेल, पास्ता, सुजी, सोयाबीन भुजा, चाउचाउ, जिरा, बिस्कुट, खुर्सानी, नुहाउने साबुन, कपडा धुने साबुन, सर्फ र प्राथमिक उपचार बक्ससँगै औषधि प्रदान गरिएको थियो । त्यस्तै लायन्स क्लब अफ बुटवल बेलबास सृजनशीलको तर्फबाट आलु लगायतका खाद्यान्नसँगै जाडो समयलाई मध्यनजर गर्दै जुत्ता र मोजाहरू प्रदान गरिएको थियो ।
लायन्स अन्तर्राष्ट्रियको ‘ग्लोबल कज हंगर रिलिफ’ अन्तर्गत रहेर आश्रमको आवश्यकता अनुसार खाद्यान्न सामग्री वितरण गरिएको र आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्यमा केन्द्रीत रहेर प्राथमिक उपचार बक्स वितरण गरिएको हो ।
लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष आबिष्कार खनाल र लायन्स क्लब अफ बुटवल बेलबास सृजनशिलकिी अध्यक्ष लक्ष्मी घिमिरेको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी, नेपालका द्वितीय गभर्नरसन्दिप कसौधनको प्रमुख आतिथ्यता, लायन्स डिष्ट्रिक ३२५ पी का जिएसटी कोर्डिनेटर आशिष कृष्ण श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी का डिष्ट्रिक डेपुटी चिफहरु एवं लायन्स क्लब अफ क्षितिजका पूर्वअध्यक्षहरु नारायण थापा, शंकर पाण्डे, लोकेन्द्र लिम्बु, एरिया ३ का एरिया चिफ शान्ति पाठक पाण्डे, रिजन चेयरपर्सन बेद प्रकाश गैरे, लायन्स क्लब अफ बुटवल क्षितिजका टेल ट्वीस्टर एवं कार्यक्रम संयोजक सागर पाँडे, लियो डिष्ट्रिकका कृष श्रेष्ठ, लियो क्लब अफ बुटवल क्षितिजका सचिव स्वेच्छा ज्ञवाली, लायन्स क्लब अफ बुटवल क्षितिज र बेलबास सृजनशिलका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक ३२५ पी, का द्वितीय गभर्नरसन्दीप कशौधनले लायन्स क्लब अफ बुटवल क्षितिज र बेलबास सृजनशिल दुवै क्लबले विगतदेखि नै समाजको आवश्यकताको आधारमा समयसापेक्ष उत्कृष्ट कार्यक्रमहरुको आयोजना गर्दै आएको बताए । उनले यस्तै सामाजिक कार्यहरूलाइ निरन्तरता दिन आग्रह गर्दै यो कार्यक्रम निकै उत्कृष्ट भएको बताए ।
कार्यक्रमका विशिस्ट अतिथि लायन्स डिष्ट्रिक ३२५ पी का जीएसटी कोअर्डिनेटर आशिष कृष्ण श्रेष्ठ, एरिया ३ का एरिया चिफ एमजेफ शान्ति पाठक पाण्डे,आश्रमका सञ्चालक लिला रोका लगायतले भनाइ राखेका थिए ।
लायन्स क्लब अफ बुटवल बेलबास सृजनशिलकी अध्यक्ष लक्ष्मी घिमिरेको स्वागत, क्षितिजका अध्यक्ष आविष्कार खनालको धन्यवाद ज्ञापन र लायन्स क्षितिजका सचि प्रदिप गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij