२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

लायन्स युथ, लायन्स लेडी युथ र सत्य साई केन्द्रको आयोजनामा रक्तदान

शनिवार , फाल्गुण २९, २०७७

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, २९ फागुन ।
    लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ र श्री सत्य साई केन्द्र सिद्धार्थनगरको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनकपथस्थित श्री सत्य साई केन्द्र सिद्धार्थनगरमा सम्पन्न कार्यक्रममा ४७ जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक सुबास लुईटेलले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर एमजेएफ अरुण प्रताप राणाले रक्तदान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

    त्यस्तै श्री सत्य साई केन्द्रका अध्यक्ष सचि अर्याल, लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष असिम सैंजु लगायतले रक्तदानको महत्वका बारेमा धारणा राखेको कार्यक्रम संयोजक राधा जोशीले बताइन् ।

    लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष असिम सैंजुको अध्यक्षता, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथका सचिव माधुरी थापाको ध्वजा अभिवादन, कार्यक्रम संयोजक सुशील सिंघलको स्वागत तथा लायन्स क्लब अफ सिद्धार्थनगर युथका सचिव सन्दिपनाथ गोंगलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।