२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

एमाले सिद्धार्थनगर–१२ द्वारा विभिन्न निर्णय

आइतवार , पौष ७, २०८१

  • 955
    Shares
  • 955
    Shares
  • भैरहवा, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ कमिटीको प्रथम बैठक तथा भेला सम्पन्न भएको छ । बैठकले वडा अधिवेशनको समीक्षा गरेको वडा कमिटी सचिव आशिष पन्तले बताए । सचिव पन्तका अनुसार बैठकले टोल कमिटी गठनदेखि सदस्यता विस्तार, संयन्त्र गठन, जनसंगठन विस्तार लगायत निर्णयहरु गरेको छ । 

    वडा कमिटीका अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता, एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार लक्ष्मी कोइरालाको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला सदस्य एवं वडा नम्बर १२ का इञ्चार्ज श्री रायमाझी, जिल्ला सदस्य लक्ष्मी के.सी., सिद्धार्थनगर कमिटी सचिव उमेश थापा लाटोमगर, उपसचिव सरोज ठकुरी, सिद्धार्थनगर कमिटी सदस्य दीपक रायमाझी, अनिता चौधरीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । 

    वडा कमिटी उपाध्यक्ष मीना पन्थीको स्वागत तथा सचिव आशिष पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।