२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन कायमै रहन्छ :अध्यक्ष घिमिरे

आइतवार , पौष ७, २०८१

कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ६९ औँ स्थापना दिवस मनाएको छ । 

दिवसका अवसरमा आइतबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरुको तस्वीरमा माल्र्यापण गरेर बार डे मनाइएको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार दिवस–२०८१ बिभिन्न कार्यक्रमको आयोजना गरि देशैभरका कार्यालयहरुमा मनाइएको जानकारी दिए । बारले निरंकुश व्यवस्थासंग लडेको, अन्य थुप्रै न्यायीक सुधारहरुमा लडिरहेको उनले बताए।

उनले न्यायालयमा हुने गरेको बेतिथिका बिरुद्ध बारको लडाई निरन्तर रहेको धारणा राख्नु भयो । घिमिरेले न्यायाधीश नियुक्तीमा भएको ढिलाईमा बारको कुनै भूमिका नरहेको भन्दै छिटै बारकातर्फबाट नाम पठाइने जानकारी दिए ।न्यायपरिषद्ले गर्नुपर्ने धेरै काम नगने र त्यसको दोष बारतर्फ देखाउन प्रवृतिले बेला–बेलामा समस्या आउने गरेको उनले बताए ।२०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउदै आएको छ ।