२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राप्रपाको अन्तर्राष्ट्रिय विभाग सदस्यमा स्वाती थापा मनोनित

सोमवार , पौष ८, २०८१

भैरहवा, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा स्वाती थापालाई मनोनित गरेको छ । पार्टीको केन्द्रीय सदस्य समेत रहेकी रुपन्देहीकी थापालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विभागको सदस्यमा मनोनित गरेका छन् ।

थापाले २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ३ को संयुक्त निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी निर्वाह गरेकी थिइन् । क्षेत्र नम्बर ३ बाट राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । थापामा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पनि क्रियाशील छिन् ।

त्यस्तै अध्यक्ष लिङ्देनले विभागको सदस्य सचिवमा सुनसरीका सुरेश आचार्यलाई मनोनित गरेका छन् । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार विभागको सदस्यहरुमा रूपन्देहीकी स्वाती थापा र  स्याङ्जाका हिक्मतजंग कार्की मनोनित भएका छन् । विभागका सदस्य सचिव र सदस्यहरू पार्टीको केन्द्रीय सदस्य हुन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष लिङ्देन पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख छन् ।