२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

दुर्गा सामुदायिक सेवा केन्द्रमा पुनः श्रेष्ठ

शनिवार , फाल्गुण २९, २०७७

भैरहवा, २९ फागुन ।
दुर्गा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सि.न.पा.वडा नम्बर ३, ५ र ६ को वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ ।  अधिवेशनले पुनः राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा मधुसुदन अर्याल, उपाध्यक्षमा अजय कुमार गुप्ता, महासचिवमा शैलेन्द्र तुलाधर, सचिवमा शान्ता कंडेल, कोषाध्यक्षमा नन्द किशोर यादव र सह–कोषाध्यक्षमा आनन्द न्यौपाने निर्वाचित भएका छन् । 

त्यसै गरी सदस्यहरुमा रविना भण्डारी, सुक बहादुर आले, शेर बहादुर थापा, कल्पना ज्ञवाली, रश्मी भट्टराई र लक्ष्मी सिंह रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा खेल्नुपर्ने भुमिकाका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकारनाथ शुक्ला, सामुदायिक केन्द्रका संस्थापक अध्यक्ष संजय बजिमय, समाजसेवी नारायण प्रसाद अग्रवाल, सि.न.पा. ३ का वडा अध्यक्ष थानेश्वर पौडेल, वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका उपसभापति दिपक क्षेत्री न्यौपाने, साहित्यकार वनमाली निराकार, समाजसेवी ओमकार गौचन, सल्लाहकार अजय कुमार गुप्ता, किशोरपुर गाउँ समाजका अध्यक्ष पुरनसिंह राना लगायतले बोलेका थिए । 

केन्द्रका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने महानुभावहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा प्रकाशचन्द्र अग्रवाल, रेखा तुलाधर, समाजसेवी ओमकार गौचनलाई दोसल्ला ओढाएर प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सचिव तुलाधरले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष नन्दकिशोर यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । केन्द्रका उपाध्यक्ष मधुसुदन अर्यालको स्वागत मन्तव्य तथा सचिव शैलेन्द्र कुमार तुलाधरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।