२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

जसपा निकट विद्यार्थी संगठनद्वारा भैरहवा बहुमुखीमा संगठन विस्तार

सोमवार , पौष ८, २०८१

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ८ पुस । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठनले रुपन्देहीको भैरहवास्थित भैरहवा बहुमुखी क्याम्पसमा संगठन विस्तार गरेको छ । पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियन जिल्ला कार्यसमिति, रुपन्देहीको अगुवाइमा क्याम्पसमा संगठन विस्तार गरिएको जसपा रुपन्देहीका जिल्ला इञ्चार्ज मोहम्मद अलीले बताए ।

    राकेश कुर्मीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ इकाई कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा राकेश यादव, सचिवमा अप्सरा नायक, सह-सचिवमा सुरज धवल र कोषाध्यक्षमा आकाश मुराव, सह–कोषाध्यक्षमा गोपाल गुप्ता रहेको समाजवादी विद्यार्थी युनियन रुपन्देहीका जिल्ला अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।

    अध्यक्ष गुप्ताका अनुसार कमिटीको सदस्यहरुमा जितेन्द्र धवल, रितेश कुमार धवल, भोला नाथ यादव, मिना मल्लाह, पुष्पा ठाकुर, निशा थारु चौधरी, निक्कु यादव, अनुस्का भुज, मन्जु भर, मुस्कान खातुन, रुविना खातुन, सुर्यना धवल, मोहम्मद शैफ अली, सनोज यादव, राकेश पाल, दिलिप यादव, शैलेन्द्र यादव, रोहित गुप्ता, अशिष यादव, राजु चौधरी, समिम शाह, समसुद्दीन शाह, विष्णु भुज, पुष्पा गुप्ता र उमेश यादव रहेका छन् ।

    इकाई कमिटी गठन कार्यक्रम संघका केन्द्रीय सचिव रमजान अलीको प्रमुख आतिथ्यता, जिल्ला इञ्चार्ज रोशन मिश्राको विशिष्ट आतिथ्यता तथा अध्यक्ष कृष्ण कुमार गुप्ता, सचिव इरफान अली लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।