
सोमवार , पौष ८, २०८१
काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले देश र जनताको विकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका हुन् ।
कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा देखिएका अर्थतन्त्र लगाएतका समस्या समाधान गर्न सक्ने उनले बताए । सिटौलाले व्यक्तिगत नभइ जनताको स्वार्थसिद्ध गर्नका लागि पार्टीमा आबद्ध भएकाले यसबारे गहन भएर सोच्न कार्यकर्तालाई सुझाव दिए ।
गएको निर्वाचनमा अन्य दलहरुसँग गठबन्धन गरे पनि आगामी निर्वाचनमा पार्टी एक्लै चूनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्नेमा उनले जोड दिए ।
उनले निर्वाचनमा उम्मेदवार चयनका लागि तल्लो तहबाटै सिफरिस गर्ने कामलाई प्रभावकारी बनाउनुपर्ने बताए । राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदानका बारेमा जनतालाई बुझाउन सक्नुपर्ने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij