२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लुम्बिनी प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यहरुले लिए शपथ

सोमवार , पौष ८, २०८१

  • 979
    Shares
  • 979
    Shares
  • देउखुरी, ८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष चेतनारायण आचार्यले प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न परिषद्को पूर्ण बैठकमा नवनियुक्त सदस्यहरुलाई शपथग्रहण गराएका हुन् । 

    खेलकुद परिषदका सदस्यहरु लेखनाग खनाल, बलबहादुर केसी, मुक्ति प्रसाद न्यौपाने, गोपीकृष्ण शर्मा, हरिबहादुर थापा, लालबहादुर घर्तीमगर, महेश काउछा, राजु महर्जन, कोशिष बहादुर खड्का, विकास घिमिरे, दिपेन्द्र कुमार डाँगी, जंगबहादुर मल्ल, कैलाशकुमार रोका, कल्पना आचार्य, दीपक खनाल र प्रकाश आर रानाले शपथ ग्रहण गरे ।

    त्यस्तै बैठकले चारवटा कार्यविधि र एउटा निर्देशिका पारत गरेको खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिए । ‘प्रदेश खेलकुद परिषदले पूर्णता पाएको छ । नवनियुक्त सदस्यहरुको शपथ भएको छ’उनले भने,‘बैठकले कार्यविधि र निर्देशिका पारित समेत गरेको छ ।’