२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी मन्त्रिपरिषद बैठक : पाँचौं अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय

सोमवार , पौष ८, २०८१

देउखुरी, ८ पुस । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । ‘पाँचौ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ’प्रवक्ता पन्थीले भने,‘अब सदन चल्छ र नियमित छलफल हुन्छन् ।’ 

भदौ ३१ गते चौथो अधिवेशन अन्त्य भएको थियो । साढे तीन महिनापछि पाँचौं अधिवेशनको बैठक बस्न लागेको हो । त्यस्तै बैठकले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्वान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।