
मंगलवार , पौष ९, २०८१
भैरहवा, ९ पुस । रुपन्देहीको भैरहवाका एक युवाले आफ्नो जन्मदिनको अवसरमा आश्रमका वृद्धवृद्धालाई भोजन ग्रहण गराएका छन् ।
भैरव शिष्य सिद्धार्थनगर, भैरहवाका संस्थापक अध्यक्ष अबजेश कहारले आफ्नो जन्मोत्सवको अवसरमा सोमबार ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई बिहानको खानाको खुवाएका हुन् । ‘जन्मोत्सवको अवसरमा केही न केही गर्नुपर्छ भन्ने सोचका साथ वृद्धाश्रम पुगेको हुँ ’अध्यक्ष कहारले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेछु । ’
भोजन ग्रहण कार्यक्रममा रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्ता, श्री सत्य साई वृद्ध सेवा आश्रमकी अध्यक्ष माया खरेल लगायतको उपस्थिति रहेको थियो । आश्रममा हाल १८ जना वृद्धवृद्धा आश्रित छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij