२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

रुपन्देहीमा युवा उद्यमी सम्मेलन सम्पन्न

मंगलवार , पौष ९, २०८१

  • 718
    Shares
  • 718
    Shares
  • बुटवल, ९ पुस । नेपाली युवा उद्यमी मञ्च रूपन्देहीको आयोजनामा चौथोपटक युवा उद्यमी सम्मेलन आयोजना गरिएको छ । नबिल बैंकको मुख्य प्रायोजन तथा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सह–प्रयोजनमा तिलोत्तमाको कोटिहवामा सम्मेलन सम्पन्न भएको हो ।

    नेपाली युवा उद्यमी मञ्च रूपन्देही युवा उद्यमशीलता विकास गर्ने, नयाँ उद्यमीहरुको खोजी तथा मुलुकभित्र प्रयाप्त अवसर, सम्भावनाको खोजी गरी आम युवाहरूलाई मुलुकभित्र आफ्नो सुनौलो भविष्य खोज्न सम्मेलन केन्द्रित रहेको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष रिशव वझाले जानकारी दिए । उनले उद्यमशीलताका विभिन्न विषयमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, राजनैतिक दल, युवासँग सम्बन्धित सरोकारवाला निकाय उद्यमशीलता प्रोत्साहन र निर्माणमा लागेका अभियन्ताहरू सबैलाई यो सम्मेलनले युवा उद्यमलाई धन, विकास र विस्तार गर्नेमा फलदायी हुने विश्वास व्यक्त गरे ।

    स्वदेशमै युवा उद्यमशिलता जागरण पैदा गर्नको लागि राजधानीबाहिर मोफसलमा चौथौपटक सम्मेलनमा गरिएको तथा युवा उद्यमी सम्मेलनमा देशभरबाट ४ सय ५० युवा उद्यमीहरुको सहभागीता रहेको कार्यक्रम संयोजक प्रविना घिमिरेले बताइन । 

    कार्यक्रममा प्रमुख अथिति युवा उद्यमी मञ्च नेपालका अध्यक्ष कुशल सुन्दर श्रेष्ठले युवाहरुलाई स्वदेशमै स्वरोजगारी वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । उनले देशको नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र भविष्यका बारेमा आफनो धारणा राखे ।

    कार्यक्रममा प्रमुख वक्ता रूपमा वल्ड लिंक कम्युनिकेशन लिमिटेडका संस्थापक दिलिप अग्रवालले नेपाली युवाहरुलाई स्वदेशमा नै उद्यमीकरण गर्नुपर्ने कुरामा जोड दिनुपर्ने दिए । उनीहरुले स्वदेशमा नै युवा उद्यमीकरणका गर्दै देशलाई आर्थिक संकटबाट जोगाउनुपर्ने कुरा तथा उद्यमशीलता सम्बन्धि आफ्नो विशेष प्रस्तुति गरेका थिए । 

    प्यानल डिस्कसनमा सिद्धीविनायक मोटो क्रोप्र्सका सुनिल कसजु, नेपाल पर्यटन बोर्डका श्रद्धा श्रेष्ठ, कोकाकोला बेभेरेज नेपालका स्नेह राजभण्डारी, कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष सुदिप आर्चायको टीमले विशेष गरी युवा उद्यमीहरुको बीचमा सम्पर्क संजाल विस्तार, नयाँ आउन लागेका नवउद्यमीहरूको बीचमा प्रेरणादायी सम्बन्ध विस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर र चुनौतिको विषयमा छुट्टाछुट्टै छलफल गरेका थिए । त्यस्तै कार्यत्रममा माउण्ट एभरेष्ट कत्था मिल प्रा.लि.का अध्यक्ष वसन्त रोक्का, सिद्धार्थ ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले आफ्नो प्रेरणादायी प्रस्तुती दिएका थिए । 

    सम्मेलनमा पहाडी फुड्स तथा हाइलाइफ फुड्सका प्रबन्धक निर्देशक प्रशान्त घिमिरे, मेरो किनमेल प्रा.लि.का कार्यकारी निर्देशक सन्तोष कंडेलले युवा उद्यमशीलताको विकास गर्ने, नयाँ उद्यमीहरुको खोजी तथा सम्भावनाका बारेमा धारणा राखेका थिए । मध्यस्थताको भूमिकामा अर्थशास्त्री निशान्त खनालले गरेका थिए  । त्यस्तै नबिल बैंक लिमिटेड क्लस्टर प्रमुख लगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा सञ्चालक मिस नेपाल अर्थ २०२० सुप्रिया श्रेष्ठले गर्ने भएकी थिइन ।