२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

धर्म-संस्कृतिको जर्गेनाका लागि धार्मिकस्थलको विकास आवश्यक रहेकोमा जोड

मंगलवार , पौष ९, २०८१

  • 742
    Shares
  • 742
    Shares
  • भैरहवा, ९ पुस । धर्म संस्कृतिको जर्गेनाका लागि धार्मिकस्थलको विकासमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । उनीहरुले धर्म–संस्कृतिको माध्यमबाट देशमै पहिचान अन्तर्राष्ट्रियस्तरमा हुने भएकोले धार्मिकस्थलको प्रचारप्रसार र विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

    रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री जगद् गुरु बालसन्त मोहन शरण देवाचार्य आश्रम निर्माण स्थल (नव दुर्गा मन्दिर) मा आयोजित छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकले धार्मिकस्थलको विकासले सम्बन्धित क्षेत्रको विकासमा टेवा पुर्याउने बताए । उनले भने, ‘यो ठाउँको प्रचारप्रसारमा पनि सहयोग पुग्छ । ’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका रज्जाकले सामाजिक, धार्मिक कार्यमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जुनसुकै धर्मको उद्देश्य सामाजिक सद्भाव रहेको बताए । उनले श्री जगद् गुरु बालसन्त मोहन शरण देवाचार्यको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । ‘तपाईहरुको लगाव, झुकाव र प्रतिवद्धता देख्दा दुईमत राख्नुपर्दैन, प्रजिअ घिमिरेले भने, अभियान सञ्चालन गरेर यो धार्मिकस्थललाई अझै व्यवस्थित गर्नुपर्छ । जसले नयाँ आयाम÷ढोका खोल्नेछ । मान्छेले संकल्प लिएका कुरा पुरा नहुने भए संकल्प लिने कुरा हुन्थेन । यो संस्थाको थप उन्नति, उन्नयन होस, थप व्यवस्थित होस् र यसले सकारात्मक प्रभाव दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ 

    श्री नव दुर्गा मन्दिरका अध्यक्ष विष्णु रायमाझीले श्री जगद् गुरु बालसन्त मोहन शरण देवाचार्यको यो ठाउँमा आगमन भएदेखि राम्रो सन्देश गएको बताए । उनले धर्म संस्कृतिको संरक्षण गर्ने पवित्र उद्देश्यका साथ अघि बढेको बताए । उनले धर्म संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए ।

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले आश्रम निर्माण स्थल (नव दुर्गा मन्दिर) को गरिमा र महत्व बढ्दै गएको बताए । उनले धार्मिकस्थलको विकासले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउने उल्लेख गरे ।