२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

समाजवादी विद्यार्थी युनियन नेपालद्वारा भैरहवा बहुमुखीमा भेला तथा पुर्नगठन

मंगलवार , पौष ९, २०८१

भैरहवा, ९ पुस । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन, नेपाल भैरहवा बहुमुखी क्याम्पस इकाई कार्यसमितिले भेला तथा पुर्नगठन कार्यक्रम गरेको छ । मंगलबार आयोजित कार्यक्रममा यस कुमार यादवको अध्यक्षतामा ३५ सदस्यीय नयाँ इकाई कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा अनामिका कान्दु, श्याम बहादुर चौधरी, अन्जली मल्लाह, सचिवमा विकास जैसवाल, सह–सचिवमा सुश्मा थारु, कोषाध्यक्षमा कृषा पाण्डे र सह–कोषाध्यक्षमा राम राज लोध रहेका छन् । 

त्यस्तै सदस्यहरुमा मनिषा यादव, निशा बनिया, श्याम सुन्दर यादव, दिनेश यादव, रोशन कुर्मी, विनय गुप्ता, सुरेन्द्र यादव, बिनजना कुर्मी, कृष्ण किशोर त्रिपाठी, राजिन्द्र यादव, नेहा कोहार, राधिका यादव, मोहन लाल यादव लगायत रहेका छन् ।

समाजवादी विद्यार्थी युनियन नेपाल रुपन्देहीका अध्यक्ष विरेन्द्र कुमार यादवको अध्यक्षता, जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवको प्रमुख आतिथ्यता, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादवको विशिष्ट आतिथ्यता तथा जिल्ला सचिव कौशलेन्द्र कुमार मिश्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजवादी युवा संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष विकास यादव, किसान महासंघ प्रदेश मुख्य सचिव जावेद आलम, जसपा रुपन्देहीका उपाध्यक्ष नवल किशोर सिंह, कलामुद्दीन खान, प्रदेश कार्यकारिणी सदस्य गौतम यादव, सिद्धार्थनगर उपाध्यक्ष मनोज प्रजापति (महाकाल), विद्यार्थी युनियनका जिल्ला उपाध्यक्ष रहमान खान, विनय यादव, शशि प्रभा पाण्डे, आशिष सहानी, दीपक पाण्डे लगायतको उपस्थिति रहेको गियो ।