२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सबै धर्म र संस्कृतिलाई समान आदर गर्छौं : मुख्यमन्त्री आचार्य

बुधवार , पौष १०, २०८१

देउखुरी, १० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक र साँस्कृतिक विविधतालाई सम्मान गर्दै, सबै धर्म र संस्कृतिलाई समान आदर गरिएको बताएका छन् ।
क्रिसमस पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक र साँस्कृतिक विविधतालाई सम्मान गर्दै सबै धर्म र संस्कृतिलाई समान आदर गरिएको बताएका हुन् । 

बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

‘लुम्बिनी प्रदेशले सबै धर्म र संस्कृतिलाई समान आदर गर्दछ । जसले एकता मजबुत छ । यो पर्वले हामी सबैमा प्रेम, शान्ति र सहिष्णुताको सन्देश अभिव्यक्त गर्दछ । तसर्थ सबै प्रदेशबासीमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु’शुभकामना सन्देशमा भनिएको छ,‘यस्ता चाडपर्वहरूको माध्यमवाट विविध साँस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि भइ आपसी एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’ 

इसाई धर्मका अनुयायीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं साँस्कृतिक उत्सवका रूपमा विविध कार्यक्रमहरूको आयोजना गरी क्रिसमस डे रुपमा मनाउने गर्दछन् ।