
बुधवार , पौष १०, २०८१
कपिलवस्तु, १० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन विद्या केन्द्र गुरुकुल शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–४ कपिलवस्तुमा रहेको बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशाला खरेन्द्रपुरको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले संस्कृत गुरुकुल पाठशालाहरुको स्तरोन्नतिका लागि प्रदेश सरकारले ध्यान दिने बताएका हुन् ।
‘प्रदेशभित्र रहेका प्राचिन विद्या केन्द्रहरुको अध्ययन गरेर यसको स्तरोन्नतिका लागि सरकारले योजना बनाउँछ’उनले भने,‘यहाँ पढाइ हुने विषयलाई थप गर्दै विद्यार्थीको आकर्षण बढाउन पनि ध्यान दिनुपर्नेछ ।’
कपिलस्तुको खरेन्द्रपुरमा कक्षा ७ सम्म गुरुकुल शिक्षा प्रदान हँुदै आएको छ । माथिल्लो कक्षाका लागि स्वर्गद्वारी पठाउने गरिएको छ । मुख्यमन्त्री आचार्यसँग खरेन्द्रपुरमा बहुउपयोगी धर्मशाला र छात्राबास निर्माणको लागि आग्रह गरिएको छ । ‘यहाँ भौतिक सुधारमै लगानी गर्नुपर्ने आवश्यकता छ । यसमा प्रदेश सरकारको साथ पाउछौं भन्ने आशा छ’पाठशालामा कार्यरत चुडामणी पोख्रेलले भने,‘बहुउपयोगी धर्मशाला र छात्राबास यहाँको आवश्यकता हो । सरकारले यसमा ध्यान दिनुपर्नेछ ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षमा भौतिक सुधारका लागि १० लाख बजेट विनियोजन गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij