२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

मुलुकमा संकट देखिएकाले दुई दलबीच सहकार्य गरेका हौ:ईश्वर पोखरेल

बुधवार , पौष १०, २०८१

  • 604
    Shares
  • 604
    Shares
  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा संकट देखिदा एमाले–कांग्रेसबीच सहकार्य हुनु स्वभाविक रहेको बताएका  छन । 

    नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधान ज्ञापन गर्न बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले बिभिन्न कालखण्डमा मुलुक समस्यामा पर्दा एमाले–कांग्रेसबीच सहकार्य भएको स्मरण गर्दै अहिले पनि मुलुकमा संकट देखिएकाले दुई दलबीच सहकार्य भएको बताए हुन।  

    मुलुकको पहिलो र दोश्रो दल मिलेर सरकार बनाउनुलाई अन्यथा लिन नहुने उनले बताए  । उनले एमाले–कांग्रेसबीचको सहमति सत्ताका लागि नभइ मुलुकको संकट समाधानका लागि भएको उल्लेख गरे ।पोखरेलले सञ्चार क्षेत्रले जवाफदेही भएर आफ्नो कतव्र्य निर्वाह गनुपर्नेमा सुझाव पनि दिए । उनले गलत सूचना प्रवाह गर्ने प्रवृतिलाई महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेर नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।