२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी फोटोग्राफर संघद्वारा क्षेत्रगत समिति विस्तार

शनिवार , फाल्गुण २९, २०७७

भैरहवा, २९ फागुन । 
लुम्बिनी फोटोग्राफर संघ रुपन्देहीले क्षेत्रगत समिति विस्तार गरेको छ । शनिबार भैरहवामा सम्पन्न भेलाले दिपक पौडेलको अध्यक्षतामा लुम्बिनी, भैरहवा र धकधई क्षेत्रलाई समेटेर क्षेत्रगत समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा बेचेन्द्र यादव, सचिवमा श्याम प्रकाश गुप्ता र कोषाध्यक्षमा सरस्वती क्षेत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा सुस्मिता गुरुङ्ग, कृष्ण मोहन कुर्मी, टेक क्षेत्री, धिरज अग्रहरी, जितेन्द्र कुमार कोहार र सुनिल सहानी रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले फोटोग्राफरहरुको पेशालाई थप मर्यादित बनाउन आफ्नो सहयोग सदैव रहने बताए ।

दिपक पौडेलको अध्यक्षता, गौतम हरिजनको स्वागत तथा लुम्बिनी फोटोग्राफर संघका कार्यसमिति सदस्य मनोज क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अग्रज फोटोग्राफर धनपति न्यौपाने लगायतले बोलेका थिए ।

यसैबीच लुम्बिनी फोटोग्राफर संघले शनिबार भैरहवामा एकदिने आधारभूत फोटोग्राफी तालिम सम्पन्न गरेको छ । तालिममा संघका युवा समिति संयोजक त्रिभुवन पाण्डे र लेखा समिति सदस्य कर्ण तिवारीले प्रशिक्षण दिएका थिए ।_L5A2943.jpg