
शुक्रवार , पौष १२, २०८१
भैरहवा, १२ असोज । लुम्बिनी प्रेस क्लब भैरहवा, रुपन्देहीले ‘ध्यान शिविर’ गरेको छ । आफ्नो १० औं स्थापना दिवसको अवसरमा क्लबले शुक्रबार बिहान कार्यक्रम गरेको कार्यक्रम संयोजक तथा कार्यसमिति सदस्य एलिना आचार्यले बताइन् । ‘स्वस्थ मानिस, स्वस्थ विचार, मानसिक र शारीरिक स्वास्थ्यको लागि ध्यान’ भन्ने मूल नाराका साथ भैरहवामा कार्यक्रम भएको आचार्यले जानकारी दिइन् । ‘पत्रकारिता पेशासँगै समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नका लागि कार्यक्रमको आयोजना गरीएको हो । स्वस्थ मानिसको परिभाषा शारीरिक स्वास्थ्य मात्र नभइ मानसिक स्वास्थ्य समेत हो, ’उनले भनिन् ।
सो अवसरमा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले स्वथ्य मानिसले नै समाजका लागि सकारात्मक काम गर्न सक्ने भएकाले ध्यानका कार्यक्रम आजको आवश्यकता रहेको बताइन् । नगर उपप्रमुख अधिकारीले लुम्बिनी प्रेस क्लबले समाजमा रचनात्मका कार्यक्रम गर्दै सकारात्मक सन्देश फैलाएको बताइन् ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले समाजलाई हिंसामुक्त बनाउन पनि ध्यानको आवश्यकता रहेको कुरामा जोड दिए । उनले १० औं स्थापना दिवसको अवसरमा क्लबले पनि विभिन्न कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रममा राजस्व कार्यालय भैरहवाका प्रमुख, सुरक्षा निकायका प्रमुख, सामाजिक संघ–संस्थाका प्रमुख, शैक्षिक क्षेत्रका प्रमुख लगायतको उपस्थिति रहेको थियो । द आर्ट अफ लिभिङ्ग नेपालका प्रशिक्षक माया थापाले सहजीकरण गर्नुभएको शिविर सिद्धार्थ भिलासामा सम्पन्न भएको लुम्बिनी प्रेस क्लबका सचिव शशि पन्थीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij