
शनिवार , पौष १३, २०८१
भैरहवा, १३ पुस । रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घरटहरा भत्काइएका छन् । शुक्रबार रोहिणी–४ स्थित कोटहवामा डोजर लगाएर घरटहरा हटाइएको हो ।
यसअघि नै सातदिने सूचना जारी गरिएको तर, सूचना जारी गर्दा पनि खाली नगरिएपछि घरटहरा हटाउन डोजर चलाउनुपरेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । सडक निर्माण कार्यमा सहयोग गर्नका लागि गत मंसिर २८ गते गाउँपालिकाले सूचना जारी गरेको अध्यक्ष यादवले जानकारी दिए । शुक्रबार २०–२५ वटा घरटहरा भत्काइएको उनले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत कोटहवा गाउँमा कालोपत्रे सडक निर्माण कार्यमा अवरोध गर्ने घर, टहरा खाली गर्न गाउँपालिकाकाले सूचना जारी गरेको र खाली नगरिएपछि डोजर चलाइएको हो । ‘गाउँपालिकाबासीहरुको आम भेलामा सर्वसहमतिबाट निर्णय भएअनुसार ७ दिनभित्र खाली गरी/गराई बाटो निर्माण कार्यमा सहयोग गर्न/गराउन सूचना जारी गरिएको थियो, ’उनले भने ।
जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको उपस्थितिमा डोजर लगाएर घरटहरा भत्काइएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij