
शनिवार , पौष १३, २०८१
भैरहवा, १३ पुस । केलिनो ब्राण्डको ब्राण्ड एम्बासेडरमा नेपालका चर्चित हास्य कलाकार तथा मोटिभेसनल स्पिकर सन्दिप क्षेत्री अनुबन्दित भएका छन् । बुटवलमा आयोजित एक कार्यक्रमकाबीच क्षेत्रलाई एम्बासेडरका रुपमा केलिनो ब्राण्डका विद्युतिय सामान उत्पादक भारतको मुम्बईस्थित कोमल अटोमेशन प्रा.लि.का संस्थापक तथा प्रबन्ध निर्देशक सन्दिप जैन र नेपालका लागि आधिकारिक विक्रेता मा सुस्वनी मार्केटिङ प्रा.लि.का प्रबन्ध निर्देशक अंकित चोपडाले सम्झौता–पत्र प्रदान गर्दै क्षेत्रीलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै कलाकार क्षेत्रीले हरेक घरमा चाहिने विद्युतका सामान सस्तो भन्दा पनि बलियो र खतरामुक्त खालको प्रयोग गर्नुपर्ने बताए । आफू नेपाली बजारमा आफ्नो पहिचान बनाइसकेको केलिनोसँग अनुबन्दित भएको बताए । उनले लङ लाइफ ढुक्क हुन केलिनो ब्राण्ड का सामान उपयुक्त रहेको बताए ।
त्यस्तै कोमल अटोमेशनका सञ्चालक सन्दिप जैनले नेपाली कलाकार सन्दिप क्षेत्रीलाईू आफ्नो कम्पनीसँग जोड्न पाउँदा खुसी लागेको बताए । उनले नेपालमा आफ्ना उत्पादन विक्री गरिरहेकाले यहाँका ग्राहकले रुचाएको अनुहारलाई अनुबन्दित गरेर काम गर्न पाउँदा अघि बढ्न सहज हुने बताए ।
मा सुस्वनी मार्केटिङका अंकित चोपडाले नेपालको सानले आफूहरुको व्यवसायिक यात्रामा साथ दिदा हौसला बढेको जनाए । उनले एक वर्षदेखिको प्रयास पश्चात् क्षेत्रीले कम्पनी यसका उत्पादन साथै बजारमा यसको प्रतिक्रिया बुझेर मात्र जोडिएकाले आफूहरुले गुणस्तरलाई ख्याल गरेर उत्पादन गर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशभित्र रहेर विद्युतीय काम गर्ने इलेक्ट्रिकल डाक्टरहरुलाई सम्मान समेत गरिएको थियो । सो कार्यक्रममा गोला प्रथाबाट पश्चिम नवलपरासीका सन्दिप यादवले साइकल उपहार पाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij