२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको साधारणसभा सम्पन्न

शनिवार , फाल्गुण २९, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, २९ फागुन ।
    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर, रुपन्देहीको प्रथम साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । संघका अध्यक्ष प्रकाशमणि विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षद्धारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै कोषाध्यक्ष प्रेम वि.क.ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव किस्मत विश्वकर्माद्वारा सचिवको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, केन्द्रिय उपाध्यक्ष जोगलाल विश्वकर्मा, केन्द्रिय सदस्यहरु दिपक विश्वकर्मा, मानबहादुर विश्वकर्मा, लुम्बिनी प्रदेश उपाध्याक्ष विक्रम बहादुर सुनार, संविधानसभा सदस्य सिमा कौशल, सुनचाँदी व्यवसायी संघ तिलोत्तमाका अध्यक्ष पप्पु सेञ्चुरी, सिद्धार्थनगर विश्वकर्मा महिला समुहका अध्यक्ष शिवु रसाइली, सल्लाहकार डम्बर बहादुर विश्वकर्मा, सुनचाँदी महिला समुहका अध्यक्ष शैलुजा रामदाम, धु्रव लामगादे लगायतले बोलेका थिए । 

    संघका उपाध्यक्ष दिपककुमार कौशलको स्वागत मन्तव्य तथा सचिव किस्मत विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रुद्रदेवी कला केन्द्रका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।