
शनिवार , पौष १३, २०८१
बुटवल, १३ पुस । लायन्स क्लब अफ बुटवल स्टार्सले खाद्यान्न तथा स्टेशनरी वितरण गरिएको छ । क्लबका पूर्वअध्यक्ष तथा जिएटी लिडर आशिषकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा रुपन्देही दृष्टिबिहीन संरक्षण केन्द्र बुटवल उपमहानगरपालिका–१३ जवईमा रहेका दृष्टिबिहीनता भएका व्यक्तिहरुलाई सहयोग गरिएको हो । संस्थाको आवश्यकता अनुसार खाद्यान्न, स्टेशनरी, जिन्सी लगायतका सामग्री प्रदान गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी का गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, फष्ट भाइस डिष्ट्रिक गभर्नर (भिडिजी) बालाराम भट्टराई, सेकेण्ड भिडिजी सन्दीप कसौधन, डिष्ट्रिक सचिव माधव खनाल, एरिया ३ चिफ शान्ति पाठक पाण्डेय, जोन चियरपर्सन एन्जील खान, लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष भपेन्द्र अर्यालल लगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा बोल्दै लायन्स ईन्टनेशनल डिष्ट्रिक ३२५ पी का गभर्नर पुरुषोत्तमभक्त प्रधानांङ्गले लायन्सको विश्वव्यापी अभियान हंगर रिलिफ अन्र्तगत अभियान स्वरुप यो कार्यक्रम आयोजना गरिएकोमा लायन्स स्टार्सलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा बोल्ने अतिथिहरुले लायन्स क्लब स्टार्सले लामो समयदेखि विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आएकोमा प्रशंसा समेत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij