
शनिवार , पौष १३, २०८१
भैरहवा, १३ पुस । भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर नगरपालिका–१२ स्थित नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) भैरहवा बहुमुखी क्याम्पस ईकाई समितिले विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले विद्यार्थीहरु भविष्यका कर्णधार रहेको उल्लेख गर्दै अध्ययनलाई प्राथमिकतामा राख्दै सामाजिक क्षेत्रमा समेत क्रियाशील हुन आग्रह गरे ।
त्यस्तै संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले विद्यार्थीहरुले अध्ययनलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरे ।
प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिए । इकाई सभापति नवराज अर्यालको सभापतित्व तथा अमर बादशाहको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सचिव तथा पूर्व केन्द्रिय सदस्य लेखनाथ भट्टराई, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति सागर न्यौपाने लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij